जिल्लास्तरीय एन्फा लिगको उपाधि एबिसीलाई

जिल्लास्तरीय एन्फा लिगको उपाधि एबिसीलाई

बिहीबार सैनिक आवासीय माहाविद्यालयमा भएको फाइनलमा  फ्रेण्डसिप क्लबलाई दुई शून्य गोल अन्तरले पाखा लगाउँदै एबिसीले उपाधि रक्षा गरेको हो।

खेलको ३९ मिनेटमा एबिसीका सुदिन विकले एकगोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको ३१ मिनेटपछि फेरि एबिसीका लक्ष्मण शाहीले अर्को गोल गर्दै टिमलाई दुई शून्यको स्थितमा पुर्याए।

फ्रेण्डसिपले भने पाएको केही मौकालाई सदुपयोग गर्न नसक्दा नतिजा आफ्नो पक्षामा पार्न सकेन। फ्रेण्डसीपका कप्तान अमर बुढाले दुई पटक डिबक्सबाट प्रहार गरेको बलले जाली चुम्न सकेन।

उच्च मनोबलका साथ मैदान उत्रिएको घरेलु टोली एबिसीले पाहुना टोली फ्रेण्डसीपमाथि खेलको सुरुदेखि नै दबाबमा राख्यो।

एबिसी सेमिफाइनलमा शीरमोर क्लबललाई हराउँदै फाइनल यात्रा तय गरेको हो भने फ्रेण्डसिप बाबियाचौरलाई पराजित गर्दै एबिसीसँगको उपाधि भिडन्त पक्का गरेको हो।

योसँगै एबिसीले लगातार दोस्रो पटक उपाधि जितेको छ। विजेता एबिसीले ५१ हजार हात पारेको छ भने उपविजेता बनेको फ्रेण्डसीपले २५ हजारमा चित्त बुझाएको छ।

सुर्खेत जिल्ला फुटबल संघले लिगको दुई–दुई वर्षमा आयोजना गर्ने गर्छ। लिगमा जिल्लाका १२ टोलीले सहभागिता जनाएका थिए।

१३ माघ, २०७८, २०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।