उकेरा न्युज

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एकै दिन १५ पुग्यो


काठमाडौँ :  कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढेको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट १५ जनाको मृत्यु भएको छ।

बुधवारको तथ्याकंमा जम्मा पाँच जनाको मृत्यु भएको थियो। तेस्रो लहरमा २४ घण्टामा सबैभन्दा धेरै एकै पटक १६ जनाको मृत्यु भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको थियो।

यसै गरी १५ हजार ७ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय १६ जना सङ्क्रमित पहिचान भएका छन्। परीक्षणको सङ्ख्यासँगै सङ्क्रमितको सङ्ख्या भने घटेको देखियो।

बुधवार २० हजार ३ सय ५९ नमुना परीक्षण गर्दा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो।

कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ८७ पुगेको छ। सङ्क्रमितको कूल सङ्ख्या ९ लाख ३९ हजार २ सय ६७ पुगेको छ। योमध्ये ८ लाख ३७ हजार ४ जना निको भइसकेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ललितपुर महानगरमा चिरिबाबु १३ हजार ९४६ मतका साथ अग्रस्थानमा 

एमालेका उम्मेदवार व्यन्जनकारले ७ हजार ३०३ मत मात्रै प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी मन्जली शाक्यले ७ हजार ४७७मत प्राप्त गर्दा सत्ता गठबन्धनका बाबुराज बज्रचार्यले ५....

उपमेयरमा सुनिता ११ हजारले अगाडि बढ्दा मेयरमा बालेनको ८ हजारको अग्रता

अहिले काठमाडौँ महानगरको १, २, ३, ४, ५, ६ र सातसँगै २८ देखि ३२ वडाको मत गणना भइरहेको छ। यसमा १,२ र ५ को मत....

बालेनको मत पुग्यो १६ हजार ७ सय ७४, स्थापितको ८८४५

१, २, ३, ४, ५, ६ र सातसँगै २८ देखि ३२ वडाको मत गणना भइरहेको छ। यसमा १,२ र ५ को मत गणना सकिएको छ।....

मधेसले अस्विकार गर्‍यो नातावाद, राजेन्द्र महतोको दाइ र मन्त्रीका छोरा पराजित

सप्तरीको हनुमानगर नगरपालिकामा जनता समाजवादी पार्टीले टिकटका आकाङ्क्षी वीरेन्द्र माझीलाई पार्टीले पत्याएन। टिकट दिने बेलामा मधेस प्रदेशका सामाजिक एमाले सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान्....

खगराज अधिकारीको अर्थमन्त्रीलाई प्रश्नः राजीनामा नदिएर कस्तो सुशासन कायम गर्न खोजेको ?

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९-८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथिको छलफलमा सहभागी हुँदै उनले आफूले बर्खास्त....