काठमाडौँ : नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख रहेका फुटबलर हरि खड्का नक्कली शैक्षिक प्रमाण पत्रको मुद्दामा परेका छन्।
उकेरा खेल
प्रहरीमा जागिर खान बुझाएको शैक्षिक प्रमाण पत्रले २३ वर्षपछि मुद्दा खेप्दै फुटबलर हरि

नेपाल प्रहरीको विभागीय टोली प्रहरी क्लबबाट फुटबल खेल्ने गरेका उनले प्रहरी सेवामा प्रवेश गर्दा बुझाएको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध विशेष अदालतमा बुधवार मुद्दा नै दर्ता गरिसकेको छ।
उत्कृष्ट फुटबल करिअर बनाएका खड्का नेपालका सर्वाधिक गोलकर्ता समेत हुन्। उनको नाममा १३ गोल रहेको छ। उनी महिला राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक समेत हुन्। उनी प्रहरी क्लबमा आबद्ध थिए। नेपाल प्रहरीमा उनी प्रहरी नायव निरीक्षक भएर अवकाश पाएका थिए।
उनी २०५५ कात्तिक १ मा खुला प्रतिस्पर्धामा सहभागी भएर नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक(सई) को रुपमा प्रवेश गरेका थिए भने २०५९ मा उनी बढुवा भएर प्रहरी नायव निरीक्षक(सई) भएका थिए।
उनले प्रहरी सेवामा भर्नुहुँदा माध्यमिक शिक्षा परिषद् वाराणसी, उत्तर प्रदेशबाट जारी भएको शैक्षिक योग्यता (आइएको) प्रमाणपत्र पेस गरेका थिए। उनी विरुद्ध उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनले बुझाएको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली भएको देखिएपछि बुधवार मुद्दा दर्ता गरेको थियो।
२०७८ माघ १३ गते १४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।