उकेरा अर्थ

भिजिट भिसामा युएई लगेर अलपत्र पार्नेहरूलाई कारबाही गर्न नेपाल र युएईबिच छलफल


काठमाडौँ म्यानपावर कम्पनी, कन्सल्टेन्सी, ट्राभल्स सञ्चालक, बिचौलिया र लामो समयदेखि युएईमा विभिन्न व्यवसाय गरेर बसेका नेपालीहरूले नै नक्कली मागपत्र बनाउने र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा नेपालीलाई अनधिकृत रूपमा युएई लैजाने गरेको देखिएको छ।

रोजगारीको आसमा भिजिट भिसामा युएई पुगेका नेपालीहरू अलपत्र परेपछि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले यसबारे अनुगमन गर्दा यस्तो देखिएको हो। दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा युएई पुगेकाहरू काम नपाएर अहिले अलपत्र परेका छन्।

नेपालीहरू अवैध रूपमा गएर काम खोज्न थालेपछि गृह मन्त्रालयले समेत यसमा चासो देखाएको छ। गृह मन्त्रालयले समस्या समाधानका लागि संयुक्त कार्यदल समेत बनाएको छ।

यही समस्या समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठले युएईका राजदूतसँग छलफल समेत गरेका छन्। बिहीबार भएको छलफलमा रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई पुगेर अलपत्र परेका नेपालीहरूको समस्या समाधानमा सहयोगको आग्रह गरेका थिए।

उनले नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत साइद हमदान अल नाकीसँग छलफल गर्दै अवैध रूपमा नेपालीलाई युएई पूर्याएर अलपत्र पार्नेहरूलाई कानुनी दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा समेत गरेका थिए।

दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा युएई गई अलपत्र परेकाहरूको समस्याको स्थायी समाधान नहुन्जेल त्यंहि रोजगारीको अवसरका लागि समेत उनले सहयोग मागेका थिए।

अलपत्र परेका नेपालीहरूको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैर कानुनी रूपमा बस्नुपर्ने बाध्यता भएकाहरूलाई  आममाफीको लागि पनि मन्त्री श्रेष्ठले आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ।

भेटमा राजदूत साइदले युएई गई समस्यामा परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। उनले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने समेत बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आज कति छ सुनको मूल्य ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० तोकिएको छ। यस्तै आज तेजाबी सुनको मूल्य ९५ हजार ३०० कायम भएको छ। महासंघका अनुसार....

सुनको मूल्य तोलामा ९६ हजार ७००

यसअघि छापावाल सुन तोलामा ९६ हजार ५०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रहेको छ।....

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने वृद्धि 

बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ। आज १७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। ५२ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब....

हिजो एक हजारले घटेको सुनको मूल्य आज आठ सयले बढ्यो

हिजो सुनको मूल्य एकैदिन एक हजार रुपैयाँले घटेको थियो। यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। आज....

विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी, नौ महिनामा सात खर्ब २४ अर्ब भित्रियो

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई छ अर्ब पाँच करोड कायम भएको छ।....