प्रि ओपनमा नेप्से २.२४ अङ्कले बढ्यो

प्रि ओपनमा नेप्से २.२४ अङ्कले बढ्यो

काठमाडौँ : बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव २४ अङ्क बढेको छ।

प्रि ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७ सय ७८ दशमलव ८८ विन्दुमा पुगेको छ। यस अवधिमा कारोबारमा आएका १४ ओटा कम्पनीको ३ हजार ४ सय ६२ कित्ता शेयरको ३२ लाख ५० हजार रुपैयाँ  बराबरको शेयर खरिदबिक्री भएको हो।

प्रि-ओपन सेसनमा सर्वाधिक शेयर खरिदबिक्री नेशनल लाइफ इन्स्योरेन्सको २४ लाख ३३ हजार बराबरको भएको छ। कम्पनीले २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ।

कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजारको आधारमा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो।

१३ माघ, २०७८, ११:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।