जिप दुर्घटनामा दुई जनाको मृत्यु

जिप दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : पिकअप जिप दुर्घटना हुँदा आज बिहान दुई जनाको मृत्यु भएको छ। झापाबाट इलाम जाँदै  गरेको प्रदेश १-०१-००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिब पाँच सय  मिटर तल झरेको थियो। 

मेची राजमार्गको रोङ गाउँपालिका-४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको छ। 

१३ माघ, २०७८, १०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।