सामूहिक बलात्कारका नौ अभियुक्त जेल चलान

सामूहिक बलात्कारका नौ अभियुक्त जेल चलान

काठमाडौँ : नयाँ बसपार्कमा एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका नौ जना पुर्पक्षका लागि जेल चलान भएका छन्।

थुनछेक बहस सकिएपछि काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई धरौटीमा नछाडी मुद्दा अन्तिम किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो।

अभियुक्त हिक्मत नेपाली, रतन नेपाली, शिवहरि बुढा, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल, हस्त नेपाली, चन्द्र साउद र गोपालकुमार शिरीष जेल चलान भए।

होटेल सञ्चालक जानुका घिमिरे पोखरेल, मञ्जु खरेल न्यौपाने र द्रोणाचार्य पौडेल तीन–तीन लाख रुपैयाँ धरौटीमा छुटेका छन्। उनीहरूलाई बलात्कारमा सघाएको अभियोग लागेको थियो।

पुस १२ र १३ मा सुर्खेतबाट काठमाडौँ आएकी एक महिलालाई नयाँ बसपार्कमा १६ घण्टासम्म नियन्त्रणमा राखेर नौ जनाले सामूहिक बलात्कार गरेका थिए। क्लोज सर्किट टेलिभिजनको सहयोगमा उनीहरूको पहिचान भएको थियो। 

१३ माघ, २०७८, ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।