आज बागमती तथा गण्डकी प्रदेशमा हल्का वर्षा, शुक्रबारबाट मौसममा सुधार

आज बागमती तथा गण्डकी प्रदेशमा हल्का वर्षा, शुक्रबारबाट मौसममा सुधार

काठमाडौं : हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको र तराईका भूभागमा हुस्सु रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसम यस्तो भएको हो।

बिहीबार दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको छ। 

आज राति प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। केही पूर्वी तथा मध्य पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना समेत रहेको छ।  

देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। 

१३ माघ, २०७८, ०९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।