राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका शेर्पा विजयी

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका शेर्पा विजयी

विराटनगर : प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

पाँचदलीय सत्ता-गठबन्धनका उम्मेदवार हेमराज राई लाई पराजित गर्दै शेर्पा विजयी भएका हुन्।

एमालेका तर्फबाट उनी अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार बनेका थिए। शेर्पाले ४७३४ मत भारसहित विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी हेमराज राईले राईले ४ हजार ३ सय ६८ मतभार प्राप्त गरे। जसपाका नेता राईलाई गठबन्धनले उम्मेदवार बनाएको थियो।

१२ माघ, २०७८, १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।