राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा पनि सत्ता-गठबन्धनको कब्जा

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा पनि सत्ता-गठबन्धनको कब्जा

धनगढी : राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदबार विजयी भएका छन्।

राष्ट्रिय सभाका नेपाली कांग्रेसतर्फबाट उम्मेदबार बनेका नारायण मिश्र विजयी भएका छन्।

मिश्रको प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८७२ मतभार पाएर निर्वाचित भएका हुन्।

उनले आफ्ना प्रतिद्वन्द्वी एमालेका उम्मेदवार डिल्लीराज भट्टलाई पराजित गरेका हुन्। भट्टले प्रदेशतर्फ ६२४ र स्थानीय तहतर्फ १२७२ मतभार प्राप्त गरेका छन्।

यस्तै महिला तर्फबाट सत्ता गठन्धनकी समाजवादीकी गरिमा शाह विजयी भएकी छन्। शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन्।

निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छिन्। शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन्।

त्यसैगरी राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट दलिततर्फ उम्मेदबार माओवादीका जगत पार्की विजयी भए। माओवादीका पार्की गठबन्धनबाट उम्मेदवार बनेका थिए।

प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मतभार प्राप्त गरेका छन्।

१२ माघ, २०७८, १७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।