अक्षय कुमारको 'बच्चन पाण्डे' लाई १७५ करोडको अफर

अक्षय कुमारको 'बच्चन पाण्डे' लाई १७५ करोडको अफर

काठमाडौं : बलिउड स्टार अक्षय कुमारले यतिबेला आफ्ना सबै प्रतिद्वद्न्दीलाई पछाडि पारेका छन्।

भारतका विभिन्न समाचार एजेन्सीले गरेको सर्वेक्षणमा पनि उनले आफ्ना सबै प्रतिस्पर्धीलाई पछि पार्दै २०२१ को सर्वोत्कृष्ट अभिनेताको उपाधि हात पारेका थिए।

आगामी फागु पुर्णिमाको अवसर पारेर अक्षय कुमारको फिल्म 'बच्चन पाण्डे' रिलिज हुँदैछ। यो फिल्ममा उनका अलावा कृति सेनन, ज्याकलिन फर्नान्डिस, अरशद वारसी र पंकज त्रिपाठीको मुख्य भूमिका छ।

फिल्म बच्चन पाण्डेका निर्मातालाई एक ओटिटी प्लेटफर्मले १७५ करोडको अफर दिएको छ। तर, सो फिल्म ओटिटी प्लेटफर्ममा सिधै रिलिज गर्नुपर्ने सर्त राखिएको छ।

यतिबेला अक्षय कुमारको लोकप्रियता शिखरमा पुगेको छ। ओटिटी प्लेटफर्ममा पनि उनलाई अत्यधिक दर्शकले हेर्ने गर्छन्। त्यसैले बच्चन पाण्डेलाई ओटिटी प्लेटफर्मले १७५ करोडको अफर दिएको समाचार एजेन्सीहरुले जनाएका छन्।

तर, निर्माता भने फिल्म बच्चन पाण्डे पहिले फिल्म हलमै रिलिज गर्ने तयारीमा रहेको पनि एजेन्सीले जनाएका छन्।

बच्चन पाण्डेमा अक्षय कुमारले एक ग्याङस्टरको भूमिका निर्वाह गरेका छन्। 

१२ माघ, २०७८, १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।