नेप्से परिसूचक फेरि २७ सय बिन्दुमा, सबै उपसमूह राताम्मे 

नेप्से परिसूचक फेरि २७ सय बिन्दुमा, सबै उपसमूह राताम्मे 

काठमाडौँ : नेप्से ३८.४५ अङ्कले घटेको छ। परिसूचक २८ सय विन्दुबाट झरेर २७७६.६१ बिन्दुमा कायम भएको छ।

२३३ कम्पनीका ९३ लाख ५८ हजार ७ सय कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ। 

कारोबारमा आएको १३ उपसमूह सबै राताम्मे भएका छन्। सबै भन्दा धेरै जीवन बिमा २९८.१७ अङ्कले घटेको छ भने सबै भन्दा कम म्युचुअल फन्ड ०.१८ अङ्कले घटेको छ। 

निर्जीवन बिमा १४६.९८, विकास बैङ्क ८४.२४, माइक्रोफाइनान्स ६३.१२, फाइनान्स ५९.०७, उत्पादन तथा प्रशोधन ५४.६१ र जलविद्युत उपसमूह ५२.१५ बिन्दुले घटेको छ।

१२ माघ, २०७८, १५:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।