६ महिनामा बैङ्कको नाफा २ अर्ब ३१ करोडदेखि ५० करोड ४० लाखसम्म : बढी कमाउने ग्लोबल, कम कमाउने सिभिल

६ महिनामा बैङ्कको नाफा २ अर्ब ३१ करोडदेखि ५० करोड ४० लाखसम्म : बढी कमाउने ग्लोबल, कम कमाउने सिभिल

गत वर्षको ६ महिनामा यस बैङ्कले २ अर्ब ३१ करोड रुपैयाँ कमाएको थियो। यो वर्ष यही अवधिमा ३५ करोड बढी कमाउँदै नाफा २ अर्ब ६६ करोड रुपैयाँ पुर्याएको छ।

धेरै नाफा गर्ने बैङ्कको दोस्रो सुचीमा छ एनआईसी एसिया बैङ्क। गत आर्थिक वर्षको यही अवधिमा उसले २ अर्ब ६ करोड रुपैयाँ कमाएको थियो। यो वर्ष २ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको उसको विवरणमा देखिन्छ।

तेस्रो नम्बरमा रहेको नबिल बैङ्कले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। चोथौँ नम्बरमा छ सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क। उसले १ अर्ब ९२ करोड रुपैयाँ नाफा गरेको छ।

बढी नाफा कमाउने बैङ्कको पाँचौँ नम्बरमा छ एनएमबि बैङ्क। एनएमबिले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको छ। प्राइम कमर्सियल बैङ्कको एक अर्ब ६८ करोड, नेपाल इन्भेस्टमेन्ट बैङ्कको एक अर्ब ६२ करोड, सिद्धार्थ बैङ्कको एक अर्ब ५८ करोड, कृषि विकास बैङ्कले एक अर्ब ४२ करोड र नेपाल बैङ्क लिमिटेडले एक अर्ब ४१ करोड खुद नाफा गरेको छ।

पुछारमा रहेका १० बैङ्क

नाफाको पुछारमा रहेका १० बैङ्कको पहिलो सूचीमा छ एनसिसी बैङ्क। उसले ९० करोड खुद नाफा गरेको छ। दोस्रोमा रहेको एभरेस्टले ८३ करोड ८९ लाख,  लक्ष्मी बैङ्कले ८१ करोड ७४ लाख, नेपाल बङ्गलादेश बैङ्कले ८१ करोड ११ लाख, नेपाल एसबिआई बैङ्कले ७८ करोड २८ लाख नाफा गरेका छन्।

यसै गरी सनराइज बैङ्कले ७४ करोड ५५ लाख, सेन्चुरी बैङ्कले ७२ करोड २१ लाख, बैङ्क अफ काठमान्डुले ७१ करोड ९३ लाख र सिभिल बैङ्कले ५० करोड ४० लाख खुद नाफा गरेको छ।

हिमालयको विवरण छैन

नेपाल इन्भेस्टमेन्ट बैङ्कसँग मर्जर सम्झौता गरेर अन्तिम समयमा मर्जर नगर्ने हिमालय बैङ्कले भने आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छैन। गत वर्षको ६ महिनामा यो बैङ्कले ६५ करोड ३२ लाख खुद नाफा कमाएको थियो। इन्भेस्टमेन्टसँग मर्जर गर्ने सम्झौता गरेर लामो समय सेयर कारोबार होल्ड गराए पनि पछि विशेष साधारण सभाबाट मर्जर प्रस्ताव असफल भएको थियो। 

 

११ माघ, २०७८, १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।