कस्तो होला साम्राज्ञी र मुन्द्रेको जोडी !

कस्तो होला साम्राज्ञी र मुन्द्रेको जोडी !

तितोसत्य टिमसँग फिल्ममा अभिनय गर्दा पनि जितुले आफ्नो छवी अनुसारकै चरित्रमा अभिनय गर्दै आएका थिए। नेपाली चलचित्र क्षेत्रमा निर्देशकको रुपमा डेब्यु गर्दै कपिल रिजालले अपोजिट छवी भएका यी दुबैलाई जोडि बनाएर फिल्म ‘ह्यारीकी प्यारी’को निर्माण शुरु गरेका छन्।

कोरोनाको तेस्रो लहर चलिरहेको बेला यही फिल्मको शुभ मुहूर्तसँगै छायाङ्कन समेत सुरु भएको छ। फिल्मको छायाङ्कन पर्वत जिल्लाको भूक देउरालीमा भइरहेको छ।

डा भोला रिजालका छोरा कपिलले निर्देशन गर्न लागेको यो पहिलो फिल्म अझ। उनी आफैँ दन्त चिकित्सक पनि हुन्। कपिलले यस अगाडि फिल्म 'ड्रिम्स'मा लगानी गरेका थिए।

फिल्मको टाइटलले यो हास्य जनारामा बन्ने फिल्म भन्ने देखिन्छ। जनारा अनुसार जितु त फिट हुन सक्लान् तर उनको अपोजिट रहेकी साम्राज्ञीसँग उनको जोडीलाई दर्शकले स्वीकार गर्लान् र?

किनकि साम्राज्ञीले यस अगाडि अभिनय गरेका अधिकांश फिल्ममा उनको जोडी लभर ब्वाय अभिनेताहरुसँगै बनेको थियो। फिल्ममा यी दुवै कलाकारसँगै विजय बराल, लक्ष्मी गिरि, सुभाष गजुरेल, डिल्ली खनाल पनि छन्।

११ माघ, २०७८, १७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।