कभर स्टोरी

उकेरा फलोअप

शिक्षा मन्त्रालयको नेतृत्व बदलिएसँगै केशर महल ठेक्कामा दिएर रेस्टुरेन्ट र डान्सबार खोल्ने रणनीति ब्युँतियो (प्रतिवेदन सहित )


तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : नारायणहिटी परिसरभित्र क्याफेटेरियाको आवरणमा रेस्टुरेन्ट खोल्ने तयारीको खुलासासँगै अहिले निर्माणको काम रोकिएको छ। पर्यटन मन्त्रालयले बतास अर्गनाइजेशनको बी म्यानेजमेन्टसँग भएको सम्झौता खारेज गरिसकेको छैन। तर काम भने रोकिएको छ।

कोरोनाको तेस्रो लहर चलिरहेको मौका छोपेर शिक्षा मन्त्रालयका अधिकारीहरूले स्थगित भइसकेको केशर महल परिसरलाई हेरिटेज रेस्टुरेन्टको रूपमा चलाउन दिने रणनीतिलाई भित्रैभित्रै पुन तीव्र बनाएका छन्। भुकम्पकले क्षतिग्रस्त भएको केशर महल क्षेत्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको छ। पुनर्निर्माणको बहानामा त्यहाँ रहेको केशर पुस्तकालय अन्यत्र सारेर महलको उत्तरतिर बनिरहेको होटेल सेराटनले केशर महल क्षेत्र भाडामा लिएर आफ्नो होटेललाई हेरिटेज बनाउने तयारी गरेको उकेराले भदौ १५ मा खुलासा गरेको थियो।

पुस्तकालयका तत्कालीन प्रमुख  एवं उप सचिव दशरथ मिश्राले उकेरासँग भनेका थिए ‘यो ठाउँ व्यापार गर्नका लागि हो भन्छन्, कुरो के हो म बुझ्न सक्दिन।’

शेष घलेको व्यापारिक स्वार्थले सङ्कटमा केशर पुस्तकालय

मन्त्रालय स्रोतले समेत गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष शेष घलेले बनाइरहेको होटलले केशर महल क्षेत्रलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्न चाहेको र मन्त्रालयको निर्णायकतहमा रहेकाहरू सकारात्मक रहेको जानकारी दिएको थियो।

‘केशर पुस्तकालय भवनको उत्तरपट्टि जुन व्यापारिक घरानाले होटेल बनाउन लागेको हो उसैले केशर पुस्तकालयको भवन पनि व्यापारिक प्रयोजनका लागि उपयोग गर्ने प्रयास गरिरहेको छ,’स्रोतले भनेको थियो, ‘तत्कालीन सरकारले त्यहाँबाट पुस्तकालय सार्न भनेको थियो। तर विरोध भएपछि त्यही सानो टहरामा भए पनि बसेको छ। तर कति समयसम्म टहरोमा पुस्तकालय टिक्ने हो थाहा छैन।’

उकेराको खोजीमा केशर पुस्तकालय र स्वप्न बगैँचा एकीकृत गरेर विकास समिति गठन गरेर सो क्षेत्रलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्न दिन अध्ययन भएको प्रतिवेदन सार्वजनिक गरेको थियो। केशर महल र स्वप्न बगैँचा एकीकृत विकास समिति सम्बन्धी अध्ययन कार्यदलले केशर महललाई व्यापारिक प्रयोजनमा प्रयोग गर्न सकिने गरी प्रतिवेदन बुझाएको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज सुवेदी, केशर शमशेरका छोरा लोकभक्त राणा, केशर पुस्तकालय प्रमुख दशरथ मिश्र र स्वप्न बगैँचा विकास समितिका कार्यकारी निर्देशक डा ध्रुवराज रेग्मीको नेतृत्वमा अध्ययन समिति बनेको थियो। समितिमा रहेका मिश्रले सहमति जनाएनन्। अन्य सबै एकीकृत विकास समितिको पक्षमा देखिएका थिए।

केशर पुस्तकालय व्यापारीकरणको विपक्षमा शिक्षा मन्त्रालयको पुस्तकालय समन्वय शाखा

घलेको रणनीति सार्वजनिक भएपछि उनीहरू रक्षात्मक बनेका थिए। उनीहरूले विज्ञापनको रूपमा विज्ञप्ति सार्वजनिक गर्दै आफूहरूले त्यस्तो गर्न नलागेको दाबी गरेका थिए।

विरोध सुरु भएपछि मन्त्रालयका अधिकारीहरू समेत पछि हटेका थिए। शिक्षा मन्त्रालयमा देवेन्द्र पौडेल आएसँगै केशर महलको व्यापारिकरणमा सक्रिय रहेका समूह पुन सक्रिय भएको देखिएको छ।

उनीहरूले कार्यदलको सोही प्रतिवेदनलाई टेकेर पुस्तकालय त्यही भवनमा राख्ने तर अन्य क्षेत्रहरू भने व्यापारिक प्रयोजनमा प्रयोग गर्न सकिने गरी काम अगाडि बढाउन केशर महल क्षेत्रलाई विकास समिति अन्तर्गत ल्याउन चलखेल सुरु गरेका छन्। यसमा मन्त्रालयका सचिव यादव कोइरालासहितका प्रभावशाली अधिकारीहरू समेत सहमत देखिएका छन्।

नारायणहिटी सङ्ग्रहालयभित्र क्याफेटेरियाको नाममा रेस्टुरेन्ट सञ्चालनको ठेक्का प्रक्रिया हुँदा पर्यटन मन्त्रालयमा उनै यादव थिए। नारायणहिटी सङ्ग्रहालय विकास समितिका अध्यक्ष उनै हुन्। उनी अहिले शिक्षा मन्त्रालयमा छन्। उनी नारायणहिटी सङ्ग्रहालय विकास समितिकै मोडलमा स्वप्न बगैँचा विकास समिति हटाएर बगैँचा र केशर महल क्षेत्रलाई एकीकृत गरी केशर महल विकास समिति गठन गराउन लागेका छन्।

गोरखापत्रका अनुसार 'यसका लागि छलफल समेत अगाडि बढी सकेको छ। कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदनको प्रारूपबारे गत साता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च पदाधिकारीहरूसँग स्वप्न बगैँचामा ‘ब्रिफिङ’ भएको र ब्रिफिङमा 'केशर महलको पश्चिम (पछाडि)तर्फ एउटा सानो बाटो राखेर पुस्तकालय प्रवेश गर्न दिने उल्लेख छ । केशर महलको दक्षिण–पूर्वतर्फको पहिलो तलाका केही कोठामा केशर पुस्तकालय राख्ने योजना बनाइएको छ । भवनको बाँकी कोठा र बिचको चोकमा चित्रकलासम्बन्धी पसल, रेस्टुरेन्ट, डान्सबार, सांस्कृतिक कार्यक्रम गर्ने थलो आदिका रूपमा विकास गर्ने योजना प्रस्ताव गरिएको' एक उपसचिवलाई उद्धृत गर्दै गोरखापत्रले लेखेको छ।

गोरखापत्रको समाचारमा ' मन्त्रालयका पदाधिकारीहरूले केशर महलको उत्तरतर्फ सात तारे होटेल खुल्ने भएपछि केशर महल र त्यसको जग्गामा माफियाको आँखा परेको दाबी गरेका छन् । सो होटेलमा आएका पाहुना र ठमेल घुम्न आउने विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा केशर महललाई प्रयोग गर्न सकिए मनग्गे आर्थोपार्जन गर्ने दाउमा उनीहरू रहेको' उल्लेख गरेको छ। समाचारमा सङ्केत गरिएको होटेल घलेको सेराटन नै हो।

कार्यदलले बुझाएको प्रतिवेदन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

एआरआइ मेसिन किन्न सप्लायर्ससँग बार्गेनिङ गर्दै सिभिल अस्पतालका निर्देशक : १५ करोडको मेसिनलाई २३ करोड दिने तयारी

स्रोतका अनुसार सरकारी अस्पतालमा सेटिङ मिलाउन माहिर विशाल पण्डितको ‘हस्पिटेक’, सार्थक न्यौपानेको ‘आरबी मर्चेन्ट’ र बारम्बार सिभिलको टेन्डर पाउँदै आएका शेरसिंह श्रेष्ठको ‘इष्ट वेस्ट कन्सर्न’....

कोर सिटीको साथ पाए ६१ हजार मतका साथ मेयर बन्न सक्छन् बालेन, मुख्य प्रतिस्पर्धी स्थापित

निर्वाचन कार्यालयका अनुसार महानगरपालिकामा कुल एक लाख ९१ हजार १ सय ८६ मत खसेको छ। अहिले तीन वडामध्ये वडा नम्बर ३२ मा ४०४, वडा १....

लोकसेवालाई झुक्क्याएर ११ औँ तहमा बढुवा हुनखोज्ने वीरका डा अनिलको पोल खुल्यो, अन्तर्वार्ताबाटै हट्यो नाम

उकेराले वैशाख १४ मा डा श्रेष्ठको बदमासीबारे समाचार प्रकाशित गरेको थियो। श्रेष्ठले कन्सल्टेन्ट युरो सर्जन र वरिष्ठ कन्सल्टेन्ट युरो सर्जनको दरबन्दी काठमाडौँभन्दा बाहिर दुर्गममा नभएको भन्दै....

कवाडी सामानबाट वर्षको आठ करोड उठाउने काठमाडौँ महानगर सडकको फोहोर व्यवस्थापन गर्न सक्दैन

महानगरपालिकाले तीन वर्षको लागि कर उठाउने जिम्मा निजी कम्पनी मारुती ढुवानी सेवालाई दिएको छ। महानगरपालिका र निजी कम्पनी मारुती ढुवानी सेवाबीच भएको सम्झौताअनुसार सो कर....

टोखा मेयरका उम्मेदवार अधिकारी सहकारी ठगीका दोषी, धेरै ब्याज र साडी दिन्छु भनेर एक करोड ८३ लाख ठगेको उच्चको ठहर

उनीसहितले नाङ्लो दीप सेभिङ एन्ड क्रेडिट को अपरेटिभ प्राली मार्फत निक्षेपकर्तालाई ठगी गरेको ठहर गर्दै अदालतले एक महिना कैद र १८ लाख ३१ हजार ८....