'पुष्पा' को सफलतापछि अल्लु अर्जुनलाई १०० करोडको अफर

'पुष्पा' को सफलतापछि अल्लु अर्जुनलाई १०० करोडको अफर

काठमाडौं : फिल्म 'पुष्पा द राइजिङ' को सफलतापछि अभिनेता अल्लु अर्जनको चर्चा चुलिएको छ। उनका पुराना फिल्म समेत ओटिटी प्लेटफर्ममा दर्शकले खोजी-खोजी हेर्न थालेका छन् ।

पुष्पाको सफलताले अल्लु अर्जुन एआर मुरुगदास, प्रशान्त नील, एटली जस्ता निर्देशकको पहिलो रोजाइमा परेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

ठूला व्यानरमा काम गरिसकेका निर्देशक एटली आफ्नो आगामी फिल्ममा अल्लु अर्जुनलाई मुख्य भूमिकामा उतार्ने तयारीमा छन् । सो फिल्ममा एटलीले अल्लुलाई १०० करोड अफर गरेको एजेन्सीले जनाएका छन् ।

भारतीय समाचार एजेन्सीहरुले लेखेका छन्, 'एटली अल्लु अर्जुनसँग काम गर्न उत्सुक छन्। सानदार स्क्रिप्ट लिएर बसेका एटली अल्लु अर्जुनका लागि १०० करोड खर्चिन तयार छन्।'

१० माघ, २०७८, १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।