काठमाडौं : कोरोना महामारीका कारण माघ १५ गतेदेखि हुने भनिएको राष्ट्रिय महिला लिग स्थगित भएको छ।
उकेरा खेल
कोरोनाले रोकियो राष्ट्रिय महिला लिग

अखिल नेपाल फुटबल सङ्घ एन्फाले सूचना निकालेर राष्ट्रिय महिला लिग स्थगित गरेको जानकारी दिएको हो।
एन्फाले अर्को सूचना निकालेर लिगको नयाँ मिति तोक्ने जनाएको छ। लिगमा विभागीय ३ र ५ स्थानीय तहसहित ८ टोली खेल्ने तय भएको थियो।
२०७८ माघ १० गते ९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।