सेयर बजार दोहोरो अङ्कले घट्दा सात अर्बको कारोबार

सेयर बजार दोहोरो अङ्कले घट्दा सात अर्बको कारोबार

काठमाडौँ : यो साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से १०.८३ अङ्कले घटेको छ। साताको पहिलो दिन दोहोरो अङ्कले भएको गिरावटसँगै नेप्से २९ सय २०.५१ विन्दुमा ओर्लिएको झरेको छ।

‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स स्थिर समान भयो। सेन्सेटिभ इन्डेक्स ०.०६ प्रतिशतले मात्र बढेर ५८३.८० विन्दु पुग्यो। आइतबार जीवन बिमा, निर्जीवन बिमा, म्युचुअल फन्ड र म्यानु एन्ड प्रो बाहेकका प्राय सबै उपसूचक ऋणात्मक भए। बजार १० अङ्क भन्दा बढिले घटे पनि कारोबार रकम भने ७ अर्ब माथि पुगेको छ।

गत बिहीबार ३२ अङ्क बढी घटेको बजारमा ५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँको कारोबार भएको थियो। आइतबार एक करोड ४७ लाख कित्ता सेयर ८७ हजार भन्दा बढी पटक किनबेच भयो। 

९ माघ, २०७८, १५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।