नौ वटा ताला र चार वटा ढोका फोरेर बालकुमारी मन्दिरको मूर्ति चोरी

नौ वटा ताला र चार वटा ढोका फोरेर बालकुमारी मन्दिरको मूर्ति चोरी

काठमाडौंः ऐतिहासिक महत्त्वको बालकुमारी मन्दिरको मूर्ति चोरी भएको छ। आज बिहान ३ र ४ बजेको समयभित्र मूर्ति चोरिएको हुनसक्ने अनुमान गरिएको ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।

चोरी भएको मूर्ति ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरको हो। लिच्छवीकालीन उक्त मूर्ति चोरी भएको खबर पाउनासाथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेश सभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रजिअ उपाध्यायसहित प्रहरीको टोली घटनास्थल पुगेको थियो। 

प्रजिअका अनुसार नौ वटा ताला र चार वटा ढोका फोरेर मूर्ति चोरी गरिएको छ। यता मन्त्री भुसालले मूर्तिको तत्काल खोजी गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएकी छिन्। 

९ माघ, २०७८, १२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।