कोरोना सङ्क्रमण बढेपछि न्युजिल्याण्डकी प्रधानमन्त्रीले स्थगित गरिन् विहे

कोरोना सङ्क्रमण बढेपछि न्युजिल्याण्डकी प्रधानमन्त्रीले स्थगित गरिन् विहे

एजेन्सीः न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो कोरोना सङ्क्रमणका कारण आफ्नो विहे नै स्थगित गरेकी छिन्। आइतबार नियमित पत्रकार सम्मेलनमार्फत उनले ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो विहे हाललाई अगाडि नबढ्ने जानकारी दिएकी हुन्।

उनले विहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू हाललाई स्थगित गर्न सुझाव पनि दिएकी छिन्। उनी क्लार्क गेफोर्डसँग लामो समयदेखि प्रेममा छिन्।

उनीहरूले विहेको मिति यसअघि सार्वजनिक नगरे पनि यही दुई साताभित्र हुने बताइएको थियो। न्युजिल्याण्डमा हाल १०० जनाभन्दा बढी खोपको पूर्ण मात्रा लगाएका मानिस भेला हुन नहुने मापदण्ड ल्याइएको छ।

९ माघ, २०७८, ११:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।