नेटफ्लिक्सका ग्राहक २२ करोड, स्क्वीड गेम र मनि हाइस्टले भयो वृद्धि

नेटफ्लिक्सका ग्राहक २२ करोड, स्क्वीड गेम र मनि हाइस्टले भयो वृद्धि

हालै सार्वजनिक भएको एक सूचनाअनुसार भने नेटफ्लिक्सले यी सबैलाई पछिपार्दै २२ करोड पेड सब्सक्राइबरसहित एक नम्बर ओटीटी भएको छ। सन् २०२० को सुरुआतमा केबल १९ करोड पेड सब्स्क्राइबर भएको नेटफ्लिक्सले २०२१ को सुरुमा भने २१ करोड पेड सब्सक्राइबर पुर्याएको थियो।

लगातार तीन वर्ष करोडको सङ्ख्यामा नेटफ्लिक्सका ग्राहक बढिरहेका छन्। यस्तै कम्पनीको आम्दानीमा पनि उत्तिकै वृद्धि छ। 

यो वर्षको सुरुआतमा कम्पनीको आम्दानी २८ अर्ब अमेरिकी डलर छ।

कम्पनीले यस्तो ग्रोथ हासिल गर्नुमा भने दुई वटा सिरिजको मुख्य हात रहेको छ। ती हुन्- स्क्वीड गेम र मनी हाइस्ट। त्यस्तै सेक्स एजुकेसनले पनि उत्तिकै ग्राहक तान्न मद्दत गरेको बताइएको छ। यी सिरिजहरू रिलिज भएपछि कम्पनीले ५० लाख नयाँ ग्राहक पाएको थियो। 

यता अर्को ओटीटी अमेजन प्राइमको भने एक करोड ७० लाखको हाराहारीमा मात्र पेड सब्सक्राइबर छन्। ओटीटीको दौडमा नेटफ्लिक्स निकै अघि देखिएको छ।

९ माघ, २०७८, ०९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।