राप्रपालाई निर्वाचन आयोगको निर्देशन: झण्डाबाट 'गाई' हटाउनु, निर्णय लुकाएको भन्दै थापाको आपत्ति

राप्रपालाई निर्वाचन आयोगको निर्देशन: झण्डाबाट 'गाई' हटाउनु, निर्णय लुकाएको भन्दै थापाको आपत्ति

आयोगको २०७७/१०/०७ को निर्णयअनुसार नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा राष्ट्रिय पहिचान भएका तस्बिर वा चिह्न दललाई प्रदान नगर्ने र कुनै राजनीतिक दललाई प्रदान गरिसकिएको भए सोको पुनरावलोकन गरिने प्रावधानसँगै राप्रपाले गाईको तस्बिर झण्डाबाट हटाउनुपर्ने भएको हो।

यता पार्टीका पूर्वअध्यक्ष कमल थापाले भने आयोगको निर्णय संविधान र प्रजातन्त्रको विरुद्धमा भएको भन्दै आपत्ति जनाएका छन्। यस्तै उनले आयोगको निर्णय वर्तमान पार्टी नेतृत्त्वले लुकाएर राखेको पनि आरोप लगाएका छन्। 

यता पत्रमार्फत आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित 'सनातन हिन्दूराष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न' भन्ने वाक्यांश पनि नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल भएको जनाएको छ।

आयोगले राप्रपालाई ७ दिनभित्र संशोधित विधान र नियमावली विवरण पेश गर्न निर्देशन दिएको थियो। आयोगले दिएको समयावधि भोलि सकिँदैछ। 

८ माघ, २०७८, २१:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।