काठमाडौंः विश्वकै चर्चित क्रिकेट फ्रेन्चाइज इण्डियन प्रिमियर लिग (आईपीएल)को अक्सनमा नेपालबाट १५ खेलाडीको नाम दर्ता भएको छ। शनिबार आईपीएलले सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालसहित विभिन्न एसोसिएट क्रिकेट राष्ट्रबाट खेलाडीहरूको नाम दर्ता भएको जनाइएको छ।
उकेरा खेल
को-को हुन् आईपीएलको अक्सनमा नाम दर्ता भएका १५ नेपाली खेलाडी ?

हालसम्म नेपालबाट आईपीएल खेल्ने खेलाडीमा हालका कप्तान सन्दीप लामिछाने मात्र छन्। यस पटक सन्दीपसहित १५ जनाले अक्सनमा सहभागी हुने भएका छन्।
आईपीएलमा कुल ८ टीम छन्। प्रत्येकले २५ जनासम्म खेलाडी किन्ने गरेका छन्। यस पटकको अक्सनमा कुल एक हजार दुई सय १४ खेलाडी सामेल छन्।
यही फेब्रुअरी १२ र १३ मा अक्सन हुँदैछ। आज नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको सूचनाअनुसार दर्ता भएका १५ नेपाली खेलाडी यी हुन्।
१. आरिफ शेख
२. करन केसी
३. कुशल मल्ल
४. सोमपाल कामी
५. दिपेन्द्रसिंह ऐरी
६. सन्दीप लामिछाने
७. अविनाश बोहोरा
८. विनोद भण्डारी
९. शरद भेषवाकर
१०. सुशन भारी
११. रोहित पौडेल
१२.कुशल भुर्तेल
१३.सन्दीप जोरा
१४.आशिफ शेख
१५. पवन सर्राफ
२०७८ माघ ०८ गते २०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।