सोमबारसम्मै वर्षा र हिमपात हुने

सोमबारसम्मै वर्षा र हिमपात हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ।

यसैकारण सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। 

यस्तै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै गण्डकी, बागमती र प्रदेश नं १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यता उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।

८ माघ, २०७८, २०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।