फागुन २७ मा चाँगुनारायणलाई बालमैत्री नगरपालिका घोषणा गरिने

फागुन २७ मा चाँगुनारायणलाई बालमैत्री नगरपालिका घोषणा गरिने

उनले त्यसैदिन बालमैत्री स्थानीय शासन लागू गरिने पनि बताए। बालमैत्री स्थानीय शासन लागू गर्नका लागि चालू आव २०७८/०८९ का लागि नगरपालिकाले रु ९८ लाखको बजेट विनियोजन समेत गरिसकेको छ। यस्तै नौ वटै वडामा बालक्लब गठन, बाल सञ्जाल गठन, घरधुरी सर्वेक्षण, बालमैत्री विद्यालयलगायत सरकारले निर्धारण गरेको ५१ वटा सूचक प्राप्तिका लागि प्रत्येक वडामा काम तीव्र पारेको छ। 

नगरपालिकाभित्रका सबै वडामा बालमैत्री कक्ष व्यवस्थापन गरी ३०० सार्वजनिकस्थलमा बालमैत्री आचारसंहिता, सावधान बोर्ड, बालश्रमविरुद्धको पम्प्लेट एवं बोर्ड राख्ने काम सम्पन्न भइसकेको छ।

यसअघि नै चाँगुनारायण नगरपालिका पूर्ण खोप, पूर्ण साक्षरता र पूर्ण सरसफाईयुक्त नगरपालिका घोषणा भइसकेको छ।

८ माघ, २०७८, २०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।