पाँच दिनमा स्रोत नखुलेको ४६ लाखसहित पाँच जना पक्राउ

पाँच दिनमा स्रोत नखुलेको ४६ लाखसहित पाँच जना पक्राउ

गत माघ ३ गते मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत दशगजा क्षेत्रबाट मटिहानी नपा–३ बस्ने २३ वर्षीय सहाउद्दिन राईन स्रोत नखुलेको ३० लाखसहित पक्राउ परेका थिए। त्यस्तै सोही दिन भारतबाट आएका धनुषा जिल्लाको जनकपुर उमनपा–६ बस्ने २६ वर्षीय मोहम्मद जाहिर रेजा र लक्ष्मिनियाँ गापा–१ बस्ने २३ वर्षीय असरफ मोहम्मदलाई चार हजार २०० र करिब तीन लाख बराबरको ५०० र १०० का नक्कली नोट बनाउने काजगसहित प्रहरीले पक्राउ गरेको थियो।

माघ ६ गते दुई हजार नेपाली नक्कली नोटसहित भारतको बिहारका ४० वर्षीय नुरुल जोल्हालाई पक्राउ गरेको थियो। यस्तै ७ गते प्रहरीले भारतबाट नेपाल आउँदै गरेका भारत बिहारकै ३९ वर्षीय उदयकुमार साहलाई स्रोत नखुलेको नौ लाख ९६ हजार ४०० भारतीय रुपैयाँ र नौ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको भारतका विभिन्न बैंकको चेकसहित पक्राउ गरेको थियो।

प्रहरी उपरीक्षक आचार्यले यस्ता क्रियाकलापमा संलग्नलाई खोज्ने क्रम तीव्र पारिएको बताएका छन्।

८ माघ, २०७८, १८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।