सर्वदलीय बैठकको निम्तो नै पाएन एमालेले, बालुवाटार नजाने   

सर्वदलीय बैठकको निम्तो नै पाएन एमालेले, बालुवाटार नजाने   

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ। स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा एमाले नजाने भएको हो। 

प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकमा आउनु भनेर एमालेलाई औपचारिक र अनौपचारिक कुनै माध्यमबाट नबोलाएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए। पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल र पार्टी कार्यालयका सचिव कसैलाई पनि प्रधानमन्त्रीले देउवाले नबोलाएको नेम्वाङले बताए। 

‘अध्यक्ष, उपाध्यक्ष, महासचिव र पार्टी कार्यालयमा सर्वदलीय बैठकमा आउन भनेर बोलाएको औपचारिक अनौपचारिक जानकारी छैन,’नेम्वाङले उकेरासँग भने,‘जानकारी नै नभएको विषयमा जाने नजाने कुरै भएन।’

सत्ता गठबन्धन दलको शुक्रबार बसेको बैठकले स्थानीय चुनावका विषयमा कानुन विज्ञहरूसँग छलफल गर्नु अघि सर्वदलीय बैठक बोलाउने भनेको थियो। 

यसअघि प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले गएको थिएन। 

८ माघ, २०७८, ०९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।