६ महिनामा ७४ अर्ब ९३ करोड रुपैयाँको वैदेशिक सहायता सम्झौता

६ महिनामा ७४ अर्ब ९३ करोड रुपैयाँको वैदेशिक सहायता सम्झौता

काठमाडौंः सरकारले पछिल्लो ६ महिनामा ७४ अर्ब ९३ करोड रुपैयाँको वैदेशिक सहायता सम्झौता गरेको छ। आज सरकार सञ्चालनको ६ महिना पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सो रकम बराबरको वैदेशिक सहायता सम्झौता गरेको बताएका हुन्।

जसमध्ये अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४७ अर्ब २० करोड ‘बजेटरी’ सहयोग र खोपको लागि रकम व्यवस्था गर्न विश्व बैंक र एशियाली विकास बैंकबाट २७ अर्ब ७३ करोड सहायता प्राप्त गर्ने सम्झौता भएको छ।

यस्तै चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म पाँच खर्ब ७६ अर्ब २४ करोड राजश्व सङ्कलन भइसकेको पनि उनले जानकारी दिए। 

यता देउवाले सङ्घीय सरकारको सार्वजनिक खर्चतर्फ १६ खर्ब ३२ अर्ब ८२ करोड वार्षिक बजेटमध्ये पुस मसान्तसम्म पाँच खर्ब ६ अर्ब ७८ करोड खर्च भएको पनि बताए।

७ माघ, २०७८, २०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।