कस्ता सवारीलाई जोर बिजोर लागू हुँदैन ?

कस्ता सवारीलाई जोर बिजोर लागू हुँदैन ?

तर आज ललितपुर जिल्ला प्रशासनले एक सूचना जारी गर्दै जोर-बिजोर लागू नहुने सवारीहरूको सूची सार्वजनिक गरेको छ। जसमध्ये औषधि एवम् स्वास्थ्य सामग्री बोकेका सवारीलाई यो लागू हुनेछैन। यस्तै एम्बुलेन्स,दमकल र शव वाहनलाई पनि जोर-बिजोर लागू नहुने बताइएको छ। 

ग्यास, पेट्रोलियम पदार्थ र निर्माण सामग्री बोकेका सवारीले पनि यो नियम पालना गर्नुपर्ने छैन। खाद्यान्न तथा पानी ढुवानी गर्ने सवारी पनि बिनाअवरोध चल्न पाउनेछन्। 

सरकारी कर्मचारी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी पनि परिचय पत्रको आधारमा चल्न पाउनेछन्। बैंक तथा वित्तीय सेवाका कर्मचारी र पत्रकारले पनि परिचय पत्रको आधारमा जोर-बिजोर पालना गर्नुपर्ने छैन। 

यस्तै कूटनीतिक नियोगका सवारीमा पनि जोर-बिजोर लागू हुनेछैन। 

७ माघ, २०७८, १५:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।