काभ्रे : साहित्यकार सूर्यप्रसाद लाकोजूको 'पनौतीको बाह्रवर्षे मकरमेला' नामक पुस्तक लोकार्पण गरिएको छ।
शब्दमाला
पुस्तकको लोकार्पण पनौती नगरपालिकाका मेयर भीम न्यौपाने, साहित्यकार तथा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, आख्यानकार तथा समालोचक प्रभा बराल एवं लेखक लाकोजूले संयुक्त रूपमा गरेका हुन्।
कार्यक्रममा मेयर न्यौपानेले 'पनौतीको बाह्रवर्षे मकरमेला' पुस्तकले पनौतीको ऐतिहासिक मकर मेलाका बारेमा परिचय गराउने बताए।
साहित्यकार तथा समालोचक प्रभा बरालले पुस्तक पनौतीलाई बुझ्नका लागि अत्यन्त जानकारीमुलक रहेको बताइन्। अंग्रेजीमा समेत प्रकाशित यस पुस्तकले पनौती नगरलाई स्वदेशमा मात्र होइन, विदेशमा समेत थप परिचित गराउन मद्दत गराउने उनले बताइन्।
कार्यक्रमकै क्रममा कवि सूर्यप्रसाद लाकोजूद्वारा रचित, विजयराम कर्माचार्यको स्वर, सुरेन्द्र श्रेष्ठको सङ्गीत रहेको एतिहासिक नगर पनौतीको गीत सार्वजनिक गरिएको थियो।
२०७८ माघ ०७ गते ११:३९ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।