मकवानपुरः बागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने भएको छ। आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार गठन भएदेखि हालसम्मको समीक्षा गर्दै श्वेतपत्र जारी गर्न भएको हो।
उकेरा प्रदेश
बागमती प्रदेश: सरकारको समीक्षा गर्दै श्वेतपत्र जारी गरिने

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभव, प्रगति, कमीकमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गरिने छ।
आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलेको संयोजकत्वमा श्वेतपत्र लेखन समितिसमेत निर्माण गरिएको छ। यस्तै मुख्यमन्त्री पाण्डेको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति समेत गठन गरिएको छ।
२०७८ माघ ०६ गते २१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।