अभिनेता पल र नाबालिग समीक्षाको सम्बन्धमा नयाँ ट्विस्ट, समीक्षाले भनिन्' यथार्थ खुलाउने समय आउँदैछ'

अभिनेता पल र नाबालिग समीक्षाको सम्बन्धमा नयाँ ट्विस्ट, समीक्षाले भनिन्' यथार्थ खुलाउने समय आउँदैछ'

उनले त्यो बेला फेसबुकमा लेखेको स्टाटस अभिनेता पल शाहसँग आफ्नो सम्बन्धलाई लिएर थियो। पल र समीक्षा प्रेममा रहेको भन्दै समाचार आउन थालेपछि उनले फेसबुकमार्फत त्यसलाई तुच्छ प्रकारका कुरा भनेकी थिइन्।

त्यसले आफ्नो चरित्रहत्या भएको भन्दै उनले पलजीको करिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरेको समेत लेखिन्।

एकै क्षेत्रमा भएकाले पल शाहले अभिभावको रूपमा माया गर्ने गरेको र आफ्नो कला र क्षमतालाई माया र संरक्षण गर्ने गरेको भन्दै उनले आफू पल शाहको फ्यान समेत भएको लेखेकी थिइन्।

तर उनले एकाएक त्यही स्टाटस सेयर गरेर त्यसलाई यथार्थभन्दा धेरै टाढा र कसैको अनुनयमा लेखेको भन्नुको अर्थ पल शाहसँग प्रेम सम्बन्ध रहेको अनि उनको करिअरमा नकारात्मक असर पर्छ भन्दै उनैले लेखाएको हो त ?

उनले केही समयमा यथार्थ आफैँ बाहिर ल्याउने लेखेकीले अब उनको अर्को स्टाटस कुर्नुभन्दा अर्को के नै विकल्प छ र।

नाबालिग समीक्षासँग पलको रोमान्स

सानै उमेरमा सुरिलो स्वरले श्रोतामाझ परिचित समीक्षा १७ वर्षकी मात्रै छिन। नेपालको कानुन अनुसार उनी नाबालिग हुन्। नाबालिगसँग विवाह गर्ने मात्रै हैन रिलेसनमा बस्नु पनि  कानुनतः अपराध हो। सहमतिमै सम्बन्ध भएको खुल्यो भने पनि त्यसलाई बलात्कार समान मानिन्छ।

पल र समीक्षाको सम्बन्धमा सबैभन्दा ठुलो समस्या यही उमेर रहेको दाबी आउने गरेको थियो। ‘सुर्ती माड्दै’ बोलको गीतको सुटिङका क्रममा यी दुवै नजिकिएको र चितवनमा भएको सुटिङका क्रममा उनीहरू नजिकिएको दाबी गरिने गरिएको छ। केही समय रिलेसनमा बसेपछि पल टाढा भएको र समीक्षाले उनीसँगको तस्बिरहरू सार्वजनिक गर्ने धम्की दिएपछि पल नरम भएको दाबी आएका थिए।

त्यही चर्चाकाविच एकाएक समीक्षाको स्टाटस आएपछि दुवैको सम्बन्धको चर्चा हराएको थियो। तर एकाएक समीक्षाले त्यही स्टाटस यथार्थभन्दा टाढा भनेर लेखेपछि भने यी दुवैको सम्बन्धले नयाँ ट्विस्ट आएको छ।

६ माघ, २०७८, १८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।