बैकिङ र म्युचलफण्ड बाहेक सबै उपसमूहको परिसूचक बढ्यो

बैकिङ र म्युचलफण्ड बाहेक सबै उपसमूहको परिसूचक बढ्यो

नेप्से परिसूचक त बढ्यो तर कारोबार रकम भने घट्यो। अघिल्लो दिनको तुलनामा २५ करोडले कारोबार रकम घटेको छ। बुधवार ६ अर्ब २ करोडको शेयर खरिद बिक्री भएको थियो। बिहीबार कुल कारोबार रकम ५ अर्ब ७७ करोड ३१ लाख मात्रै छ।

बिहीबार कारोबारमा आएका १३ उपसमूह मध्ये बेकिङ र म्युचलफण्डबाहेक सबै उपसमूहको परिसूचक बढ्यो। बिहीबार आईएमई जनरल इनस्योरेन्स कम्पनी बजारमा धेरै खरिद बिक्री हुने सेयरमा पर्यो।

मैलुङदखोला र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। समग्र बजारमा जलविद्युत कम्पनीका लगानीकर्ताले उच्च लाभ प्राप्त गरे। 

६ माघ, २०७८, १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।