'केजीएफ २' का लागि यशको पारिश्रमिक दोब्बर बढ्यो

'केजीएफ २' का लागि यशको पारिश्रमिक दोब्बर बढ्यो

कन्नड स्टार यशको मुख्य भूमिका रहेको चलचित्रमा सञ्जय दत्त भिलेनको भूमिकामा देखिँदैछन्। कन्नड भाषामा बनेको चलचित्र हिन्दी, तेलुगु, तमिल र मलयालम भाषामा डब गरिएको छ। 

यता फिल्मको पहिलो भागको सफलतासँगै दोश्रोमा यशले आफ्नो पारिश्रमिक बढाएका छन्। झण्डै ८० करोड भारुमा बनेको पहिलो भागले २५० करोड भारुको व्यापार गरेको थियो। 

दोश्रो भागको लागि यशले ३० करोड भारु पारिश्रमिक लिने भएका छन्। पहिलोमा उनले केवल १५ करोड भारु लिएका थिए। यता सञ्जय दत्तले पनि आफ्नो पारिश्रमिक बढाएका छन्। उनले ९ करोड भारु लिने तय भएको छ। 

यस्तै चलचित्रमा रवीना टण्डन पनि छिन्। उनको पारिश्रमिक डेढ करोड भारु रहेको छ। 

६ माघ, २०७८, १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।