भोलिबाट खोप कार्ड अनिवार्य, आज थामिनसक्नु भीड 

भोलिबाट खोप कार्ड अनिवार्य, आज थामिनसक्नु भीड 

अनिवार्य मास्क लगाउनु पर्ने र दुई मिटरको भौतिक दुरी कायम गर्नुपर्ने मापदण्ड खोप लगाउन लाइन बसेकाहरूले पालना नगरेको देखिएको हो। 

कोरोनाविरुद्ध खोप लगाएको कार्ड हुनेले मात्र भोलि माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन पाउने प्रशासन कार्यालयले व्यवस्था गरेपछि खोप लगाउन लाइन बस्नेहरूको सङ्ख्या बढिरहेको छ।

सार्वजनिक सेवा लिनै नपाउने व्यवस्थाका कारण खोप लगाउन खोप केन्द्र पुगेकाहरू खोप नपाएर फर्किनु परेको छ। 

काठमाडौँको सिभिल र प्रसूति गृह थापाथलीमा दिउँसो लाइन बस्न जानेहरूले खोप लगाउन नपाएको गुनासो गरेका छन्।

स्वास्थ्य सेवा विभागले भेरोसिलको मौज्दात कम रहेको बताएको छ। उसले पहिलो मात्रा लगाउनेलाई कोभिशिल्ड या एस्ट्राजेनिका खोप दिन स्वास्थ्य कार्यालयहरूलाई निर्देशन नै दिएको छ। 

विभागले पहिलो र दोस्रो मात्रा लगाएका अग्रपङ्क्तिमा खटिनेहरूलाई बुस्टर दिन थालेको केही दिनमै भेरोसिलको मौज्दात कम रहेको बताएपछि खोप केन्द्र पुग्नेहरूको भीड बढेको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नहुँदा कोरोना सङ्क्रमण फैलने जोखिम पनि बढेको छ।

६ माघ, २०७८, १२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।