हनुमान घाटमा स्वस्थानी पूजा [१० तस्बिर]

हनुमान घाटमा स्वस्थानी पूजा [१० तस्बिर]

बिरा, भद्रा र तमसा खोलाको संगम त्रिवेणीमा मूर्ति राखेर एक महिनासम्म पूजा हुने स्थानीय ओम धौभडेलले बताए। 

हनुमानघाट किनारमा एक महिनासम्म स्वस्थानी व्रत बस्ने र कथा सुन्ने गरिन्छ। व्रत सुरु हुने दिन घरमा राखिएको देउतालाई मन्दिरमा स्थापना गरिएको धौभडेलले बताए। मूर्ति राखेर पुजा हुँदै आए पनि कोरोना संक्रमणका कारण यो वर्ष सामूहिक व्रत बस्ने र कथा सुन्ने भने कोही नभएको उनले बताए। 

‘कोरोना संक्रमणका कारण गत वर्ष जस्तै यो वर्ष पनि कोही व्रत बस्नु भएको छैन,’ उनले भने, ‘देउता स्थापना गर्ने दिन पनि २० जना भन्दा बढी थिएनौ।’ उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजा भने नरोकिएको बताए। 

कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेकाले स्थानीय पूजाआजाका लागि मात्रै हनुमानघाट किनारमा पुग्ने गरेको धौभडेलले जानकारी दिए।

६ माघ, २०७८, १२:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।