तोलाको ९३ हजार ७ सय रुपैयाँ पुग्यो सुनको भाउ  

तोलाको ९३ हजार ७ सय रुपैयाँ पुग्यो सुनको भाउ  

साताको पहिलो दिन सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारदेखि लगातार बढेको सुनको भाउ ९३ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यस्तै तेजाबी सुनको भाउ तोलाको ९३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदी तोलामा ३० रुपैयाँले बढेको छ। बुधबार १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बिहीबार १३ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।   

६ माघ, २०७८, ११:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।