उकेरा मन्थन

ओमिक्रोन: हावामा फैलिएको पाँच मिनेटपछि प्रभाव कम, २० मिनेटमा निष्क्रिय


कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को धेरै तथ्य बाहिर आउनै बाँकी छ। नेपालमा पनि हाल यही भेरियन्ट फैलिएको सहजै अनुमान लगाउन सकिन्छ।

यसअघि कोरोना भाइरस केही घण्टासम्म बाहिरी वातावरणमा सक्रिय हुन्छन् भन्ने अध्ययन अनुसन्धानले देखाएको थियो। तर, ओमिक्रोन भेरियन्ट भने बाहिरी वातावरण/हावामा ५ देखि २० मिनेट रहन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। 

ब्रिष्टिल विश्वविद्यालयको अनुसन्धानअनुसार ओमिक्रोनले हावामा फैलिएको २० मिनेटसम्ममा व्यक्तिलाई सङ्क्रमित गर्ने क्षमता ९० प्रतिशत गुमाउँछ। सामान्यतया भाइरस हावामा फैलिएको पाँच मिनेटसम्म बढी सक्रिय हुने देखिन्छ। त्यसपछि सक्रियता घट्दै जाने देखिन्छ। ओमिक्रोनको पनि सङ्क्रमित बनाउने क्षमता पाँच मिनेटपछि कमजोर हुँदै जाने देखिएको छ। तर, स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाउनै पर्छ।

यसको अर्थ शरीरबाट निस्किएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रामक क्षमता २० मिनेटपछि निष्क्रिय हुन्छ। कोरोनाको यसअघिका भेरियन्टको तुलनामा ओमिक्रोन छिटो निष्क्रिय भएको पाइन्छ। 

सङ्क्रमित बसेको कोठा, कुर्सी तथा ठाउँमा पाँच मिनेटपछि अर्को व्यक्ति बस्दा ओमिक्रोन सर्ने जोखिम कम हुँदै जान्छ। 

सामान्यतया ओमिक्रोन सङ्क्रमण भएको तीन दिनसम्ममा लक्षण देखिएको पाइन्छ। लक्षण देखिनु १/२ दिनअघि र लक्षण देखिएको २/३ दिनसम्म भाइरसमा सर्न सक्ने क्षमता बढी हुन्छ। त्यसपछि सर्ने क्षमता कम हुँदै जाने देखिन्छ। 

त्यसैले अमेरिकाको सीडीसीले ओमिक्रोन सङ्क्रमित व्यक्ति आइसोलेशनमा पाँच दिन बसे पुग्ने गरी समय छोट्याएको छ। त्यसपछि थप पाँच दिन मास्क लगाउनेलगायत स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी अवस्थाअनुसार हिँडडुल गर्न सकिन्छ।

यसको अर्थ यो भेरियन्ट छिटो लक्षण देखिने, छिटो फैलने र छिटै कम हुने देखिन्छ।

जाडो मौसममा ओमिक्रोन फैलिए पनि गर्मी वा चिसो वातावरणमा कति समयसमम्म भाइरस बाँच्छ भन्ने अध्ययनकै विषय हो। 

यो भाइरस छिटो सर्ने भए पनि कम घातक देखिएको छ। तर, हेलचेक्र्याइँ गर्न हुँदैन। 

नेपालमा हाल कोरोना भाइरस सङ्क्रमणको ग्राफ द्रुत गतिमा उकालो लागिरहेकाले सजगता अपनाउनुपर्छ।

खोप नलगाएका व्यक्तिको सङ्ख्या ठूलो रहेको र अहिलेसम्म सङ्क्रमित नभएका व्यक्ति सङ्क्रमणको जोखिममा रहेकाले सतकर्ता अपनाउनुपर्छ। खोप नलगाएका व्यक्तिले खोप लगाउनुपर्छ।

(शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. पुनसँग उकेराकर्मी उपेन्द्र खड्काले गरेको कुराकानिमा आधारित।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गठबन्धनको बठ्याईंले घटाएको महिला सहभागिता

नेपालको संविधान २०७२ अनुसार सबैभन्दा शक्तिशाली पद भनेको स्थानीय तहको प्रतिनिधि हो। हो नेपालको राष्ट्रपति वा प्रधानमन्त्रीभन्दा पनि शक्तिशाली स्थानीय तहको प्रमुख र उपप्रमुख हुन्।....

गाउँ-गाउँमा सहकारी, भरियो त भकारी !

बजार प्रतिनिधिलाई मात्र चिनेका कतिपय वचतकर्तालाई सहकारीको अध्यक्षको नाम समेत थाहा छैन। ऊ कुन जिल्लाको हो? कहाँ बस्छ ? केही थाहा छैन। आफूले आँखा चिम्लेर....

रिपोर्टर डायरी : 'ओइ फोटो खिच्छेस्' भन्दै जब हुलै कुट्न आयो

घरबाट हिँड्दा त्यस्तै २० मिनेटमै पुगिन्छ मतदान केन्द्र। यस अगाडि २ पटक मतदान गरिसकेको थिए त्यहीँ। हरेक पटक केन्द्रमा केही न केही विवाद भइनै रहन्थ्यो।....

बागी हुनु तर बदरभागी नहुनु

तीन खम्बे सरकार- पहिलो स्थानीय, दोस्रो संघ अनि तेस्रो केन्द्र अँगालेसँगै २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरुको उल्लेख्य सहभागिता रह्यो पनि। त्यो बेलामा पनि....

अन्तर्वार्ता सकिएपछि स्थापितले भने- 'कति ढ्याक्सी भएकी ? भुँडी किन भ्यात्त ?'

काम बाँड्दा मेरो जिम्मेवारीमा काठमाडौँ महानगरपालिका र उम्मेदवारको चुनावी अभियानबारे समाचार बनाउनुपर्ने आयो। काठमाडौँमा मुख्य दलका उम्मेदवार मात्रै हैन स्वतन्त्र पनि प्रतिस्पर्धामा देखिए। यसका लागि....