मेस्सी र सलाहलाई पछि पार्दै लेवान्डोस्की वर्षको उत्कृष्ट खेलाडी घोषित

मेस्सी र सलाहलाई पछि पार्दै लेवान्डोस्की वर्षको उत्कृष्ट खेलाडी घोषित

उनले उपाधि हात पार्दा अर्जेन्टिनी स्टार लियोनल मेस्सी र इजिप्टका मोहम्मद सलाहलाई पछि पारे। मेस्सीले ४४ र सलाहले ३९ अंक प्राप्त गर्दा लेवान्डोस्कीले ४८ अंक प्राप्त गरे। यो वर्ष लेवान्डोस्कीले ६९ गोल गरेका छन्। 

जर्मन क्लब बायर्न म्युनिखका खेलाडी लेवान्डोस्कीले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्दा स्पेनिस मिडफिल्डर एलेक्सिया पुतेलासले महिलातर्फको उत्कृष्ट खेलाडी भइन्। 

यस्तै पुरुष गोलरक्षकतर्फ एडुआर्ड मेन्डीले उपाधि जिते। पुरुष प्रशिक्षकतर्फ चेल्सीका थोमस टुचेल उत्कृष्ट भए।

४ माघ, २०७८, ०८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।