क्लाइमेट चेन्ज नबुझ्दा बाहिरिइन् सशस्त्र प्रहरीकी सुनिता, सीताको पावरप्याक प्रस्तुतिले पारिन् छक्क

क्लाइमेट चेन्ज नबुझ्दा बाहिरिइन् सशस्त्र प्रहरीकी सुनिता, सीताको पावरप्याक प्रस्तुतिले पारिन् छक्क

चार जना ग्याङ लिडर बिना ३९ प्रतियोगीमध्येबाट टप १६ को चयन गर्न भएको कलिङ राउन्डको पहिलो समूहबाट अजय कुमार शाह छानिए।

दोस्रो समूहमा आएका थिए सशस्त्र प्रहरी बलमा कार्यरत राष्ट्रिय बक्सिङ खेलाडी सुनिता मगर, भलिबल खेलाडी जोनी श्रेष्ठ अनि
रोज मगर।

तीनै जनाले आ-आफ्नो शारीरिक तागत देखाए। एकले अर्कालाई च्यालेन्ज गरे। पुलअप, पुसअप गरे। तीनै जना शारीरिक रूपमा फिट देखिए पनि मानसिक रूपमा कति कमजोर रहेछन् भने तीनै जना प्रतियोगिताबाट बाहिरिए।

शारीरिक तागतको परीक्षणपछि कार्यक्रम सञ्चालक रेमनदास श्रेष्ठले क्लाइमेट चेन्ज भनेको के हो भनेर सोधे। पहिलो उत्तर दिइन् जोनीले। बढो कन्फिडेन्ससाथ उनले चार ऋतुको नाम भनिदिइन्। दोस्रोमा रोजले सिजनले जीवनमा धेरै असर पर्छ भनेर ब्यापारतिर लगेर जोडिन्। जाडोमा ज्याकेट बढी बिक्ने गर्मीमा नबिक्ने उनको तर्क थियो। सुनिता पनि चिप्लिइन् दिमागी प्रतिस्पर्धामा।
तीनै प्रतियोगीको जवाफ सुनेर रेमन छक्क। उनले सोधेको प्रश्न ग्लोबल वार्मिङ लगायतका विश्वव्यापी वातावरणीय प्रभावबारे थियो जसले मानव जीवन निकै कष्टकर बन्दै गएको छ। बढ्दो वातावरण प्रदूषण, बढ्दो तापमानका कारण रित्तिँदै गएका हिमाल अनि भरिँदै गएका समुन्द्र। घट्दै गएको बनजंगल अनि बढ्दै गएको मरुभूमिकरणबारे थियो। तर तीनै जनाले बच्चा पाराको जवाफ दिए।

जवाफ सुनेर रेमनले भने' तपाईँहरूको जवाफ सुनेर यहाँसम्म कसरी आइपुग्नु भो भनेर छक्क परे। सरी।' यी तीनमध्ये एक जना टप १६ मा छानिने थिए तर कमजोर दिमागले माथ खुवायो। रोडिज शारीरिक बलका लागि मात्रै हैन दिमागी बल नि चाहिन्छ भन्ने देखायो।

तेस्रो समूहका चारमध्ये तीनजना छानिए। नसिब तामाङ,पुकार केसी अनि दिवेश श्रेष्ठ छानिए। चौथो समूहबाट निलम थापा र अलिशा रावल, पाँचौबाट रोशन श्रेष्ठ, छैटौँ समूहबाट प्रनिशा थापा मगर र उर्मिला बस्नेत, सातौबाट राजेश काइजु र सुरज भट्टराई, आठौँबाट सागर बिसी र दिलीप नेपाली छानिए।

नवौँ समूहबाट सागर लामा छानिए। कुलत छाडेर फिटनेसमा लागेका सन्देश राई अगाडि बढ्न सकेनन्। नवौँ राउन्डमा कुलत छाडेर सही मार्गमा लाग्ने राम्रो कि लगाउने भन्ने विवाद समेत भएको थियो। दशौँ समूहका चार प्रतियोगीमध्ये प्रहरी अनि तेक्वान्दो खेलाडी सीता तामाङ छानिइन्। निकै पावरफुल थियो उनको प्रस्तुति। छानिएकाहरू नै डराउने प्रस्तुति दिइन् उनले।

बाँकी रह्यो एक जना। अन्तिम ब्याचबाट छानिए शिवराज तामाङ। पावर प्याक पर्मर्मेन्समा भने हिमालयन रोडिजमा सीताले तहल्का पिट्ने पक्का छ। 

३ माघ, २०७८, ००:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।