प्रदेश २ को नाम र राजधानी विवाद मतदानबाट टुङ्गियो : नाम मधेस प्रदेश, राजधानी जनकपुर

प्रदेश २ को नाम र राजधानी विवाद मतदानबाट टुङ्गियो : नाम मधेस प्रदेश, राजधानी जनकपुर

मतदानबाट राजधानीको नाम जनकपुर टुङ्ग्याएपछि प्रदेशको नाममा भएको मतदानमा मधेस नाममा दुईतिहाई भोट परेको छ। सभामुख सरोजकुमार यादवले मतदानको परिणाम घोषणा गर्दै मधेस नाममा दुई तिहाइ मत परेको घोषणा गरेका थिए।

मतदानमा ९९ जना सांसद सहभागी भएकोमा  मधेस प्रदेशको प्रस्तावमा ८० मत परेको थियो। सत्तारूढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेशको पक्षमा थिए। यादवले  मधेस नाम पारित भएको घोषणा गरेपछि प्रदेश सभामै ‘जय मधेस’ को नारा लागेको थियो।

प्रदेश २ को नाम जानकी, मिथिला भोजपुरा र मध्य मधेस प्रदेश राख्न प्रस्ताव गरिएको थियो। 

३ माघ, २०७८, १८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।