टिकटक र इन्स्टाग्रामले मात्र जोगाइदेला र अनमोलको स्टारडम !

टिकटक र इन्स्टाग्रामले मात्र जोगाइदेला र अनमोलको स्टारडम !
तस्बिर : अनमोल केसीको इन्स्टाग्रामबाट साभार।

तर धेरै भयो यो पुस्ता फिल्महीन बनेको। त्यसैमा अनमोल समेत मिसिए। उनले अभिनय गर्ने भनिएका जति फिल्म छन् ती बन्ने लक्षणै छैन। कुनै फिल्ममा अभिनय गर्छु भनेर साइनिङ अमाउन्ट लिएर पनि पछि फिर्ता गरे। आफ्नै होम प्रडक्सनमा बन्ने भनिएको फिल्म कहिले बन्छ सायद उनलाई पनि थाहा छैन होला।

‘एक्स नाइन’ फिल्ममा अनमोलले अभिनय गर्ने चर्चा गरियो। अनमोल जुँगा पालेको लुक्समा देखिन थालेपछि त्यही फिल्मको गेटअपका लागि जुँगा पालिएको दाबी गरियो। अहिले उनले जुँगा काटे। यसको अर्थ 'एक्स नाइन' नबन्ने भयो।

उनलाई लिड रोलमा राखेर  आफ्नै होम ब्यानर काजल फिल्म्ले ‘पारस’ ‘एन्टिहिरो’ अनि 'माइतीघर-२' बनाउने दाबी गरेका थिए उनका बाबु भुवन केसीले। नाम त दर्ता भयो। तर फिल्म कहिलेदेखि फ्लोरमा जाने पक्का छैन। अनमोलले ‘धुपौरे’ मा खेल्न साइन गरे। तर पछि धुपौरे बन्न मानेनन्। अनि ‘ब्याचलर बन्टी’ को हालत पनि उही भयो।

उनले अभिनय गरेर प्रदर्शन हुन बाँकी फिल्म भनेको ‘ए मेरो हजुर ४’ मात्र हो।  २०७९ वैशाख १ गते फिल्म रिलिज हुने घोषणा भएको छ। तर कोरोना आउने अनि हराउने गर्दा यो फिल्म पनि कहिले रिलिज हुने पक्का छैन।

यो बिचमा दर्शकले आफूलाई नबिर्सिउन् भनेर उनी टिकटकतिर लाइभमा आइरहन्छन्। इन्टाग्राममा पनि उनी सक्रिय नै देखिन्छन् तस्बिर बदलिरहन। तर उनको त्यो स्टारडम टिकटक अनि इन्टाग्रामले मात्र जोगाइदेला र? ग्राहै होला नि।

३ माघ, २०७८, १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।