रुरु क्षेत्रमा भक्तजन: कोरोनाले छेकेन संक्रान्ति मनाउन (फोटो फिचर)

रुरु क्षेत्रमा भक्तजन: कोरोनाले छेकेन संक्रान्ति मनाउन (फोटो फिचर)

बुटवलः कोरोना भाइरसको तेस्रो लहर फैलँदै गए पनि माघे संक्रान्तिको अवसरमा गुल्मीको रिडि रुरु क्षेत्रमा भक्तजनले स्नान गरेका छन्। कोरोनाअघि यहाँ हरेक वर्ष माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दथ्यो। 

तर महामारी फैलिएपछि भक्तजनहरू कालीगण्डकी किनारमा स्नान मात्र गरिरहेका छन्।

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्र धाम रिडिमा कालीगण्डकी स्नान गर्न गुल्मीसहित स्याङ्जा, पाल्पा, पर्वत, रोल्पा, रुकुमपूर्व लगायतका जिल्लाबाट भक्तजन आउने गर्दछन्। 

यो वर्ष रिडिमा रमाइलो मेलाको तयारी भए पनि संक्रमण बढेपछि रमाइलो मेला  स्थगित भएको छ। मेला स्थगित भए पनि धार्मिक मेला भने रोकिएन। 

धार्मिक मेलामा डाला, सुपा, अल्लाबाट उत्पादित कपडाहरू बिक्रीका लागि व्यापारीहरूले राखेका थिए। रिडिमा भक्तजनहरू बिहानैदेखि स्नान गर्ने र ऋषिकेश भगवानको दर्शनको लागि जुटेका थिए। 

माघे संक्रान्तिको अवसरमा कालीगण्डकीमा स्नान गर्नाले अञ्जानमा गरेका सम्पूर्ण पाप नाश हुने, मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास रहेको पाइन्छ।  

पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रुपन्देही जिल्लाबाट यहाँ कालीगण्डकी स्नान गरी दर्शन गर्न जाने परम्परा नै रहेको छ।

 

रुरु क्षेत्र धाम नेपालको चार धाममध्ये एक भएकोले यसको विशेष धार्मिक महत्व रहेको ऋषिकेशव मन्दिर रिडिका अध्यक्ष पर्शुराम भटट्राईले बताए।

१ माघ, २०७८, १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।