भोलिबाट अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज 

भोलिबाट अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज 

काठमाडौंः भोलि माघ २ गतेबाट सरकारले कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज दिने भएको छ। बुस्टर डोज प्राप्त गर्नेहरूमा अग्रपङ्क्तिमा बसेर काम गर्नेहरू रहेका छन्।

यस्तै ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकलाई पनि बुस्टर डोज दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई भने माघ १४ गतेदेखि बुस्टर डोज दिइने भएको छ। 

यस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई पनि बुस्टर दिइनेछ। तिनमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्दछन्।

१ माघ, २०७८, १५:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।