आइडलका प्रतियोगीको सातो कसले उडायो ?

आइडलका प्रतियोगीको सातो कसले उडायो ?

सुरेश लामा, बेनिसा पौडेल, राजकुमार परियार ,सुमेन पाख्रिन, भूपेन्द्र थापा मगर अनि विश्वास उप्रेतीको प्रस्तुति हेर्दा जज सुगम पोखरेलले सत्य नै भने' सातो गएका प्रतियोगी।'

अधिकाशं प्रतियोगीको प्रस्तुति जमेन। सुरेश लामा भने जमे। पहिलो गोल्डन माइक विजेता राजकुमार फ्लप भए। विश्वासले विश्वास बढाउन अझै काम गर्न बाँकी छ। अन्यको प्रस्तुति ठिकठिकै भो।

गजब चैँ सुरेशले गाए। तीनै जज उठेर सम्मान गरे। सुमेन, भूपेन्द्रले एभरेज गाए। त्यही भएर जज सुगमले भने 'सबै प्रतियोगी किन सातो गएका झैँ देखिएका?'  भोलि टप १२ मध्ये बाँकी ६ जनाले प्रस्तुति दिनेछन्। त्यो पनि उस्तै हुने पो हो कि !

३० पुस, २०७८, ००:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।