द भोइसमा रुक्सना र जेनिस अन्य प्रतियोगीमाथि हाबी भए

द भोइसमा रुक्सना र जेनिस अन्य प्रतियोगीमाथि हाबी भए

हुन त टिम प्रमोदको जेनिस उप्रेतीले पनि राम्रो प्रस्तुति दिए। उनको प्रस्तुतिमा कोच प्रविशा उठेरै प्रशंसा गरेकी थिइन्। चार टिमको प्रस्तुतिमा टिम प्रविशाको सुसामी गुरुङ र अनुजा कडरिया निकै कमजोर देखिएका थिए।

टिम मिलनको नुमा राई र मिन्छमा राईले ठिकै प्रस्तुति दिए। टिम प्रमोदबाट  जेनिस उप्रेती र रुक्साना लिम्बूले प्रस्तुतीदिँदा जेनिस हाबी भए। टिम राजुबाट पासाङ डिकी शेर्पा र सुप्रिम मल्ल ठकुरीले प्रस्तुति दिँदा पासाङ हाबी भइन्। सुप्रिमको प्रस्तुति पनि कमजोर भने थिएन।

भोटको आधारमा विजेता छानिने भएकाले यस्तै हुन्छ भन्न कठिन छ। तर शुक्रवारको प्रस्तुतिको आधारमा निर्णय गर्ने हो भने पासाङ र जेनिस सबै प्रतियोगीमाथि हाबी भएका थिए। शनिवार द भोइस् किड्सको पहिलो विजेता घोषणा हुनेछ। यो पाली कतै राजुको टिमले बाजि मार्ने त हैन !

३० पुस, २०७८, २३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।