उकेरा फोटो कथा

माघे सङ्क्रान्ति पर्वमा तरुल र सख्खरको व्यापार (फोटो फिचर)


तस्बिर : विकास पराजुली

बुटवल : माघे सङ्क्रान्ति पर्वमा घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। माघे सङ्क्रान्ति पर्वमा खाने तरुल, सख्खरको बजारमा व्यापार बढेको छ। 

बुटवल स्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा मात्र माघे सङ्क्रान्तिलाई लक्षित गर्दै भारतबाट १५० टन सख्खर आयत भएको छ। एकादशी र माघी पर्वमा थोक बजार केन्द्रमा बढी सख्खर र तरुलको कारोबार हुने गर्छ। 

थोक बजार केन्द्रकी सूचना शाखा प्रमुख सीता पौडेलले सबै सख्खर भारतबाट आयात भएको बताइन। तरुल भने भारतबाट कम आएको उनको भनाई छ।

थोक बजार केन्द्रमा तरुल टनमा नआएको भन्दै कतिपय व्यापारीले ४/५ क्विन्टल भारतीय तरुल ल्याएर बिक्री गरेको उनले बताइन।

गएको वर्ष थोक बजार केन्द्रमा २ सय टन सख्खर आएको थियो। गएको एकादशीमा पनि थोक बजार केन्द्रमा ३ सय टन सख्खर आएको उनले बताइन। 

एकादशीको तुलनामा हरेक वर्ष माघे सङ्क्रान्ति सख्खर कम आयात हुने गरेको छ। हाल बजारमा सख्खर प्रतिकेजी ५० देखि १ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तरुल सेतो ५० देखि ६० र रातो ८० देखि १ सय रुपैयाँमा कारोबार भएको उनले बताइन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

हनुमान घाटमा स्वस्थानी पूजा [१० तस्बिर]

बिरा, भद्रा र तमसा खोलाको संगम त्रिवेणीमा मूर्ति राखेर एक महिनासम्म पूजा हुने स्थानीय ओम धौभडेलले बताए।  ....

रुरु क्षेत्रमा भक्तजन: कोरोनाले छेकेन संक्रान्ति मनाउन (फोटो फिचर)

तर महामारी फैलिएपछि भक्तजनहरू कालीगण्डकी किनारमा स्नान मात्र गरिरहेका छन्। पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रुरु....

ढुङ्गाको सम्मान जोगाउन यो कस्तो सुरक्षा घेरा !

पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा अन्याय गरेको भन्दै हरेक वर्ष एक समूह त्यो ढुङ्गामा जसरी पनि थुक्ने....

बतासले गरेको बदमासी तस्बिरमा : क्याफ्टेरियाको बहानामा राजा महेन्द्रको बङ्करभित्र रेस्टुरेन्ट

समितिले बतासलाई क्याफेटेरिया भाडामा दिँदा गरेको बदमासी तस्बिर सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। सोही प्रतिवेदनमा छानबिन समितिले....

टौदह: जहाँ उत्तरी देशका पाहुना चरा आश्रय लिन्छन्

चीन, मंगोलिया, रूस, साइबेरियालगायत उत्तरी देशका पक्षीहरू यहाँ जाडो छल्न आउँछन्। यसरी आश्रय लिन आउनेमा रुड्डी सेलडक, रेड–क्रिस्टेड पोचार्ड, कमन पोचार्ड, फेरुजुनस डक, नोर्थन सोभलर डक,....