शिक्षा मन्त्रालयमा मेडिकल कलेजका सञ्चालकलाई कालोमोसो 

शिक्षा मन्त्रालयमा मेडिकल कलेजका सञ्चालकलाई कालोमोसो 

सञ्चालक शर्मालाई कालोमोसो दल्ने अनरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

काठमाडौँ मेडिकल कलेजले ६ लाखसम्म अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीहरू एक महिनादेखि आन्दोलनरत छन्।

विद्यार्थीको आन्दोलनका विषयमा शिक्षामन्त्री देवेन्द्र पौडेलले गरेको छलफलपछि विद्यार्थीहरूले शिक्षा मन्त्रालयको पहिलो तलामा सञ्चालक शर्मालाई कालोमोसो दलेका हुन्। 

३० पुस, २०७८, १९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।