हिमालयन-इन्भेस्टमेन्टको मर्जर भाँडियो

हिमालयन-इन्भेस्टमेन्टको  मर्जर भाँडियो

शुक्रवार बसेको हिमालयनको साधारण सभाले इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकार गरेको हो। मर्जरको विशेष प्रस्ताव पारित हुन ७५ प्रतिशत मत चाहिन्थ्यो। तर  सञ्चय कोष र हिमालयनको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ विपक्षमा उभिए।

गत वैशाख ३० मा दुवै बैङ्कबिच मर्जरको सम्झौता भएको थियो।
मर्जर सम्झौतापछि तीन महिनाभित्र एकीकृत कारोबार सुरु गर्न राष्ट्र बैङ्कबाट अनुमति पाएका थिए।

तर विवादका कारण मर्जर प्रक्रिया लम्बियो। राष्ट्र बैङ्कले पुनः तीन महिना समय थप गरेको थियो। तर थपिएको समयमा पनि मर्जर सम्भव नभएपछि राष्ट्र बैङ्कले सशर्त पुनः समय थप गरेको थियो।

तर शुक्रवार बसेको हिमालयन बैङ्कको साधारणसभाले मर्जर प्रस्ताव अस्वीकार गर्यो। 

३० पुस, २०७८, १७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।