उकेरा न्युज

परीक्षण बढाएसँगै एकै दिन थपिए ५ हजार सङ्क्रमित 


काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना परीक्षण बढाएको छ। बितेको २४ घण्टामा २० हजार ५६० नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कोरोना सङ्क्रमणको नमुना परीक्षणमा एकै दिन ५ हजार ८७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। बिहीबार १५ हजार ८१ नमुना परीक्षणका क्रममा ३ हजार ५५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

परीक्षणको सङ्ख्या बढेसँगै शुक्रबार सङ्क्रमितको सङ्ख्या पनि बढेको छ। पछिल्लो २४ घण्टामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। ३०६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार २३५ पुगेको छ। बिहीबार भन्दा शुक्रबार एकै दिन चार हजार नयाँ सक्रिय कोरोना सङ्क्रमित थपिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रयाङकरलाई गृहको चेतावनी : सार्वजनिक स्थानमा प्रयाङक भिडियो बनाए कारबाही

बिहीबार त मन्त्रालयले सूचना नै जारी गरेर सार्वजनिक स्थानमा ख्यालठट्टा गर्ने र प्रयाङक भिडियो बनाएमा कारबाही गर्ने चेतावनी दिएको हो। गृहको विज्ञप्तिमा सार्वजनिक स्थलहरूमा मजाक,....

बैठक नराखेको भन्दै आलोचना भएपछि देउवाले बोलाए केन्द्रीय समिति बैठक

स्थानीय तहको निर्वाचनको मिति लगायतका विषयमा छलफल गर्न देउवाले बैठक राखेका हुन्। शुक्रवार हुने बैठक भर्चुअल हुनेछ। कोरोना सङ्क्रमण बढिरहेकाले पार्टीको बैठक भर्चुअल गर्न लागिएको....

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एकै दिन १५ पुग्यो

बुधवारको तथ्याकंमा जम्मा पाँच जनाको मृत्यु भएको थियो। तेस्रो लहरमा २४ घण्टामा सबैभन्दा धेरै एकै पटक १६ जनाको मृत्यु भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको थियो।....

जर्मनीमा रहेका नेपाली जोडीले टिकटकबाट इमोसनल ब्ल्याकमेल गरेर उठाए झन्डै एक करोड, साथीले पोल खोलिदिएपछि विवादमा

यही बिच शाश्वतले श्रीमतीको नयाँ जीवनका लागि गो फन्डमा २०२१ डिसेम्बर २ मा फन्ड सङ्कलन गर्न खाता खोले। टिकटकमा उनीहरूको भिडियो पपुलर बन्दै गयो। यहीबिच....

हार्दा पनि राष्ट्रिय सभामा एमाले पहिलो दल

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ९ राजनीतिक दलका ४३ उम्मेदवार चुनावी मैदानमा उत्रिएकोमा एमालेबाट १९ जना, नेपाली काङ्ग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना, एकीकृत समाजवादीबाट....